अरु पार्टीलाई कुचो बोक्न सिकायौँ -नेता पाण्डे

अरु पार्टीलाई कुचो बोक्न सिकायौँ -नेता पाण्डे

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् । 

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । उनले परिणामस्वरुप आज मुख्य मानिएका दलहरु बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे । 

नेता पाण्डेले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए । उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए । 

नेता पाण्डेले आफ्नो पार्टीले शुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए । 

Logo