‘जनयुद्ध दिवस’ बिदामा योगेशकाे टिप्पणी- ‘वैचारिक ध्रुविकरणमा नफसाऔं’

‘जनयुद्ध दिवस’ बिदामा योगेशकाे टिप्पणी- ‘वैचारिक ध्रुविकरणमा नफसाऔं’

केन्द्रबिन्दु
0
Shares

सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो । यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णय प्रति टिप्पणी गरेका छन् । 

‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन्, ‘फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक ध्रुविकरणमा नफसाऔँ ।’ 

Logo