डलरको भाउ बढ्दा युरो घटयो, यस्तो छ आजको विदेशी विनिमय दर

डलरको भाउ बढ्दा युरो घटयो, यस्तो छ आजको विदेशी विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।  बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो । बिहिबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले ओरालो लागेको हो । बुधबार युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३   पैसा कायम गरिएको थियो ।

उता, बिहिबार १ रुपैयाँ ५ पैसाले ओरालो लागेर बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ३२ पैसा तोकिएको छ। यसअघि बुधबार यसको खरिददर १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी,  अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९२ रूपैयाँ ४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ४६ पैसाका कारोबार भएको थियो । यता, क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रूपैयाँ १० पैसा तोकिएको छ ।

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रूपैयाँ ९ पैसा र बिक्रीमा ३० रूपैयाँ २३ पैसा तोकिएको छ ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६१ पैसा र  बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३० पैसा तोकिएको छ।
 

Logo