लोकतान्त्रिक समावजादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।
मंगलबार पार्टीका केही नेताहरुको साथमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डसमक्ष राष्ट्रपतिका लागि आफ्नो नाममा राष्ट्रिय सहमति खोज्न आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले उक्त प्रस्तावमा आफू सकरात्मक रहेको र सबै पक्षसँग छलफल गर्न भनेको छलफलमा सहभागी नेता शरतसिंह भण्डारीले जानकारी दिए । अब आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने उनको भनाई थियो ।
भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला अध्यक्ष ठाकुरसहित वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।कार्यकारी अधिकारसहितको भूमिकामा रहने प्रधानमन्त्रीको सिफारिस समेतलाई निकम्मा बनाउने गरिएको विगतको अभ्यासका कारण सानादेखि ठूला दलहरु राष्ट्रपति चयनलाई नै मुख्य प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।





























प्रतिक्रिया