बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । 

उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ छ । 

Skip This
Skip This
Logo