लोसपा, नागरिक उन्मुक्ति र जनमतका नेता पनि बालुवाटार बैठकमा

लोसपा, नागरिक उन्मुक्ति र जनमतका नेता पनि बालुवाटार बैठकमा

केन्द्रबिन्दु
0
Shares

बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक जारी रहँदा अन्य तीन दलका नेताहरू पनि पुगेका छन् ।

राष्ट्रपति निर्वाचनका विषयमा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)सहित कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीकाे बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष एवम् खानेपानी मन्त्री अब्दुल खान पुगेका हुन् । 

संयुक्त बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेका छन्, तर प्रचण्ड भने राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै कांग्रेसलाई समेट्ने दाउमा छन् । 

Logo