नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमालेले यस्तो निर्णय गरेको हो ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।





























प्रतिक्रिया