उद्योग नविकरण गर्ने म्याद लकडाउन खुलेको १ महिनासम्म रहने

उद्योग नविकरण गर्ने म्याद लकडाउन खुलेको १ महिनासम्म रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा उद्योग नविकरण गर्न नपाएका तथा नविकरण गर्न म्याद सकिएकाहरुको लागि थप एक महिना म्याद कायम रहने उद्योग विभागले जनाएको छ ।

विभागले लकडाउन खुलेको काठमाडौं उपत्यकामा साउन ८ र उपत्यका बाहिर भदौ १ बाट मान्य हुने गरी लकडाउन खुलेको १ महिनासम्म म्याद थप गरेको जानकारी दिएको छ ।

मंगलबार विभागले एक सूचना जारी गर्दै लकडाउन खुलेको १ महिनाभित्र उद्योग नवीकरण गर्न सकिने जानकारी दिएको हो । मुलुकभर चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गतेबाट सक्किएकोले उद्योग नवीकरण गर्न विभागले उद्योगीलाई आग्रह गरेको छ ।

अब काठमाडौं उपत्यकाभित्रका उद्योगीले भदौ ८ गतेसम्म नवीकरण गर्नु पर्नेछ भने उपत्यका बाहिरका उद्योगीले असोज ८ गतेसम्म उद्योग नवीकरण गरिसक्नु पर्ने तर चैत ९ गते अघि नै म्याद सकिएको भए बिलम्ब शुल्क तिर्नुपर्ने बिभागले जनाएको छ । विभागले उद्योग नवीकरणको मिति तोक्दा सर्वोच्च अदालतको आदेश समेतका आधार मानिएको जनाएको छ ।

विभागले पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम पेटेण्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण म्याद समाप्त भएमा खुलेको मितिले बाटाका म्याद बाहेक ३० दिनसम्म त्यस्तो नवीकरण गर्न सकिने उल्लेख गरिएको छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ९ र दफा ६ बमोजिम उद्योग सञ्चालन वा आफ्नो व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय लकडाउन खुलेको मितिले बाटाका म्याद बाहेक ३० दिनसम्म रहनेछ ।

Logo