आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल ९ रनले विजयी घोषणा गरिएको हो ।
नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न आज ठूलो सङ्ख्यामा नेपाली दर्शक त्रिवि क्रिकेट मैदानमा पनि पुगेका थिए । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका थिए ।
तस्विरमा-



















































प्रतिक्रिया