उप- निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

उप- निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

केन्द्रबिन्दु
0
Shares

 निर्वाचन आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गरेको छ । 

बैशाख १० गते हुन गईरहेको उप-निर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आव्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन-२, बारा-२ र तनहुँ-१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो । तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा-२ रिक्त हुन पुगेको छ। 

यसैगरी, तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उप-निर्वाचन गराउन लागेको हो । 

Logo