राष्ट्रपति पौडेलले गरे गोरखकाली र गोरखनाथको दर्शन

राष्ट्रपति पौडेलले गरे गोरखकाली र गोरखनाथको दर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल गोरखकाली  र गोरखनाथ मन्दिरको दर्शन गरेका छन्।

आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् गोरखा पुगेका राष्ट्रपति पौडेलले गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन गरेका हुन् । साथै उनले मन्दिरमा पूजाआजासमेत गरेका छन्। 

राष्ट्रपति पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्। अब उनले गोरखा संग्राहालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक राजधानीबाहिर भ्रमणमा निस्केका हुन्।  

Logo