सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ । बिहान केहीसमय बसेर स्थगित भएको गठबन्धनको बैठक पुनः बसेको हो ।
जारी बैठकमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाउने तयारी भइरहेको छ । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै १६ मन्त्रालय हेर्दै आएका छन्।
नेपाली काँग्रेसले नौ मन्त्रालयमा दाबी पेस गरेको छ भने जसपा र नेकपा एकीकृत समाजवादीले तीन तीन मन्त्रालयमा दाबी गरेका छन् । साथै लोसपाले २, जनमत र नागरिक उन्मुक्ति पार्टीले दुई दुई मन्त्रालयको दाबी गरेका छन् ।
त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाए सरकारमा जाने बताउँदै आएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले अहिले प्रधानन्त्रीसहित ५ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत १० दलका शीर्ष नेता सहभागी छन्।





























प्रतिक्रिया