सरकारी टोली र मिटरब्याज पीडितबीच आज दोस्रो चरणको वार्ता हुँदै

सरकारी टोली र मिटरब्याज पीडितबीच आज दोस्रो चरणको वार्ता हुँदै

केन्द्रबिन्दु
0
Shares

मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ। हिजो साँझ ६ बजे बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट नै आज बिहानलाई सारिएको हो।

हिजोको बैठकमा सरकार र मिटरब्याज पीडितले आ-आफ्नो धारणा राखेकाे   मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो।

गृह मन्त्रालयमा हिजो दिउँसो भएको पहिलो चरणको वार्तामा डा. भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता आजलाई सारिएको पीडित पक्षका वार्ता टोलीका सदस्य संघर्ष दाहालले बताए।

Logo