हलिउड अभिनेत्री ओलिभियाको निधन

हलिउड अभिनेत्री ओलिभियाको निधन

केन्द्रबिन्दु
0
Shares

पेरिस ।

हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् । साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् ।

ओस्कारमा विजेता बनिसकेकी ओलिभिया सन् १९६० देखि पेरिसमा रहँदै आएकी थिइन् । उनी बहिनी जोन फोन्टाइनसँग नजिक थिइन् । जोन पनि ओस्कार विजेता अब्बल अभिनेत्री हुन् । ओलिभिया सबैभन्दा धेरै वर्ष बाँच्ने ओस्कार विजेता कलाकार समेत बनिन् ।एजेन्सी

Logo