राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी देशकै ठूलो पार्टी बन्ने बताएका छन्।
शनिवार रास्वपाको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका हुन् । यो जनाउ घण्टी मात्रै भएको उनको भनाई छ ।
‘निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।’ उनले भने, ‘यो जनाउ घण्टी मात्रै हो। डा। स्वर्णिम वाग्ले, रमेश खरेलसँगैको यो प्रेस भेटघाट कार्यक्रममार्फत आम नागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौं क्षमतावान मानिसहरू जोडिन आँटेको कुराको जनाउ घण्टी मात्रै हो।’





























प्रतिक्रिया