“बिन्ध्यवासिनी कला पत्रकारीता सम्मान २०७९” नरेश भट्टराईलाई प्रदान गरिने

“बिन्ध्यवासिनी कला पत्रकारीता सम्मान २०७९” नरेश भट्टराईलाई प्रदान गरिने

केन्द्रबिन्दु
0
Shares

बिन्ध्यवासिनी म्युजिक प्रालिले यो वर्षको कला पत्रकारीता सम्मान सञ्चारकर्मी नरेश भट्टराईलाई प्रदान गर्ने भएको छ । 

आगामी २२ वैशाखमा हुने बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औं संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । 

२५ हजार रुपैयाँ धनरासी रहेको यो “बिन्ध्यवासिनी कला पत्रकारीता सम्मान २०७९” बिगत २५ बर्षदेखी विभिन्न सञ्चार गृहसंग आबद्ध रहेर गीत संङ्गीत र श्रस्टाको प्रबर्द्धन र विकाशमा योगदान गरे बापत भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन् । 

नेपाली संगीत क्षेत्रको श्रीवृद्दीका लागी विगत २५ बर्षदेखि कृयाशिल बिन्ध्यवासिनी म्युजिकले गत १३ बर्षदेखी बार्षिक रुपमा बिन्ध्यवासिनी म्युजिक अवार्ड गर्दै आइरहेको छ । श्रस्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबर्द्धनमा भूमिका निभाएका पत्रकारलाई पनि नेपाली संगीत समाजले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यवासिनी म्युजिकले यो सम्मानको सुरुआत गरेको हो । 

Logo