लागु औषधसहित ८ जना पक्राउ

लागु औषधसहित ८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अवैध लागु औषधसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।  

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो।

यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन । करिब ४ ग्राम ब्राउनसुगर सहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो । 

Logo