घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर पक्राउ

घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर पक्राउ

केन्द्रबिन्दु
0
Shares

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

Skip This
Skip This
Logo