नयाँ वर्षको अवसरमा रिलिज भएको नेपाली कथानक चलचित्र ‘जारी’ ले सानदार ओपनिङ गरेको छ ।
उपेन्द्र सुब्बा निर्देशित जारीले पहिलो दिन नै २ करोड बढी कमाएको वितरक कम्पनी द टी फल्क्स फिल्म्सले जानकारी दिएको छ । शुक्रबार यो फिल्मको देशभरका सिनेमा हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो । शनिबार पनि बिहानैदेखि हलमा दर्शकको उच्च चाप रहेकाले फिल्मले देशैभर आक्रमक व्यापार गर्ने देखिन्छ ।
मौलिक नेपाली कथामा चलचित्र बनेको भन्दै चलचित्रले प्रसंशा पनि बटुलेको छ।
जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभूषा पनि झल्किन्छ । ब्लक बस्टर चलचित्र ‘कबड्डी ४’ पछि अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगरले चलचित्र ‘जारी’ मा सहकार्य गरेका हुन् । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । उपेन्द्रको यो डेब्यु निर्देशन हो ।
बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह-निर्माताको रुपमा रहेका छन् ।





























प्रतिक्रिया