नवनियुक्त परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गरेका हुन् । उनले आजै  शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् । उनी पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमासमेत चिनिन्छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । 

Logo