साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले महाभियोग लगाउनुपर्नेहरूलाई जानीजानी नियुक्त गर्दा गलत परिणाम आएको बताएका छन् । मिश्रले यसरी नियुक्त गर्नेहरूमाथि जनताले ‘महाअभियोग’ लगाउनुपर्ने उल्लेख गरेका छन् ।
श्रीमतीको हत्या अभियुक्त पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई सर्वोच्च अदालतले रिहा गरेपछि उनले यस्तो ट्वीट गरेका हुन् ।
उनले लेखेका छन्, ‘महाअभियोग लगाउन योग्यहरुलाई जानीजानी नियुक्त गर्नेहरुमाथि जनताले ‘महाअभियोग’ नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन। जेलमा बस्नु पर्ने चोरहरुलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरुमा आसिन गराएपछि के हुन्छ ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन ।
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले कोइरालालाई ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेपछि जेलमुक्त गर्ने फैसला गरेको थियो। फैसला अनुरुप कोइराला बिहिबार रिहा भएका थिए ।
महाअभियोग लगाउन योग्यहरूलाई जानीजानी नियुक्त गर्नेहरूमाथि जनताले ‘महाअभियोग’ नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन। जेलमा बस्नु पर्ने चोरहरूलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरूमा आसिन गराएपछि के हुन्छ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन।
— Rabindra Mishra (@RabindraMishra) July 24, 2020





























प्रतिक्रिया