नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपनिर्वाचनमा एमालेले केही नगुमाएको जिकिर गरेका छन् ।
महोत्तरीको बर्दिवासमा आयोजित एमालेको ‘ग्रास रुट’अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधाममा अयाोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
चितवन र तनँहुमा केही मत घटेको स्वीकार गरेका उनले यसअघि आफूहरुले नजितेको क्षेत्र भएकाले त्यसमा कुनैपनि दुखेसो नरहेको बताए । त्यस्तै पोखरेलले दलीय प्रणालीलाई कमजोर बनाउने कार्य कदापि मान्य नहुने तर्क गरे ।
‘झोंकामा आएर कोई नयाँ व्यक्ति जित्दैमा केही भइहाल्छ भन्ने होइन, दलीय तन्त्रमा दलको संगठन र सिद्धान्तले महत्व राख्छ ।’ उनले भने। जहाँसम्म मुलधारका दलहरुले आफ्नो कार्यगर्ने शैलीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै नेता पोखरेलले राजनीतिक दल कुनै निश्चित सिद्धान्त,निश्चित कार्यक्रममा अगाडि बढ्ने हो न कि झोंकमै कुनै निष्कर्षमा पुग्नु अनुचित हुने तर्क गरे
उपनिर्वाचनमा एमालेले काहिँ पनि जित्न नसकेको एक प्रश्नको जवाफमा उनले भने,‘हो एमालेले पाएन तर गुमाएन पनि ।’सरकार ढाल्ने गिराउने काममा हामी नरहेको दाबी गर्दै उनले भने, ‘हामी पार्टीको संगठन सुदृढिकरणमा छौं । सरकार ढाल्ने र गिराउने खेलमा हामी छैनौँ ।’ हामीले हाम्रो कमजोरीलाई नियाल्दैं सुधार गर्दै जाने विश्वास उनले व्यक्त गरे ।





























प्रतिक्रिया