नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी भित्रको समस्याहरु सम्बोधन नभएसम्म जति गुनासो गरे पनि केही नहुने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित मिसन ग्रासरुट जिल्ला स्तरीय समीक्षा तथा विस्तारित बैठक कार्यक्रममा उपाध्यक्ष पाण्डेले जनताले पत्याउन छोडे भने पार्टीले केही पनि गर्न नसक्ने बताए । त्यही भएर पनि एमाले जनतामा फर्किन आवश्यक भएको उनको भनाइ थियो ।
उनले भने, ‘एमालेको समस्या के हो ? तपाई हाम्रो गुनासो मात्र हो अहिलेको समस्या ? समस्या सम्बोधन भएको छ कि छैन् ? सम्बोधन भएन भने जति सुकै गुनासो गरे पनि हल हुने वाला छैन् । जनताले पत्याउन छोडे भने केही पनि हुँदैन् । त्यसैले हामी जनतामा फर्किनु पर्छ । तव मात्र एमाले जनताको आकर्षण बन्छ ।’
एमालेले गुनासो मात्र गर्ने तर काम नगरे जनताको आकर्षणको केन्द्र बन्न नसक्ने उनको तर्क छ । एमालेलाई अगाडि लैजानको लागि निकै नै अग्रसर हुनुपर्ने बताए ।





























प्रतिक्रिया