तीन मन्त्री नियुक्तसँगै सरकारमा कांग्रेसले पायो पूर्णता, मोहन बस्नेतलाई स्वास्थ्य

तीन मन्त्री नियुक्तसँगै सरकारमा कांग्रेसले पायो पूर्णता, मोहन बस्नेतलाई स्वास्थ्य

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुलाई बुधबार नै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनीहरूको शपथ बिहीबार हुने तयारी छ । 

यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूर्णता पाएको छ । पहिलो किस्तामा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमा प्रकाशशरण महत र सहरी विकासमा सिता गुरुङ मन्त्री बनेकी थिइन् । त्यसपछि एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए । 

Logo