बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन हुने

बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट यातायात सञ्चालन गर्ने भएको छ । महासंघ र तीनवटा ट्रेड युनियनहरुले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यातायात श्रमिकहरुको सामुहिक कोरोना वीमाका लागि सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत रकम बेहोर्ने सहमति भएपछि व्यवसायीहरु यातायात सञ्चालन गर्न तयार भएका हुन् । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ८ गते बिहीबारबाट यातायात सञ्चालन हुने बताए । लामो र छोटो दुरीको यातायात सञ्चालनका लागि महासंघ तयार भएको उनले बताए ।

कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रीत परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको स्थापना गर्न विभाग मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने समझदारी पनि व्यवसायीहरुले गरेका छन् ।

छोटो, मध्यम र लामो दुरीको सवारी सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति पनि भएको छ । श्रमिकलाई आवश्यक पर्ने मास्क, पञ्जा, स्यानीटाइजर र पीपीई लगायतका स्वास्थ्य सामग्री सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने भएका छन् । सरकारले असार २६ गते नै यातायात सञ्चालनको निर्णय गरे पनि व्यवसायीहरुले विभिन्न माग राख्दै आएका थिए ।

Logo