रुसद्वारा युक्रेनमा रातभर २४ ड्रोन प्रहार

रुसद्वारा युक्रेनमा रातभर २४ ड्रोन प्रहार

केन्द्रबिन्दु
0
Shares

रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । 

आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रेनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ । 

मङ्गलबार राति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको थियाे । त्यसपछि रुसले पनि ड्रोन आक्रमण गरेको हाे । -एएफपी

Logo