काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको एकीकृत महाधिवेशन मंसिरमा सम्भव नहुने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै श्रेष्ठले महाधिवेशनलाई प्राविधिक विषयमात्रै बनाउन नहुने बताएका हुन्।
उनले भनेका छन् ,
हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा शुरु भएको छ । यो राम्रो र खुशीको कुरा हो । किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ । तर महाधिवेशनलाई प्राबिधिक बिषय मात्र बनाउनु हुँदैन । बैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पूरा गर्ने गरी महाधिवेशनको तयारी गरौं । यसो गर्दा आगामी मंसिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न । त्यसैले हचपच र ढिलाई दुवै गलत हुन्छन्।गत केन्द्रीय कमिटीको यस सम्बन्धी निर्णयलाई ध्यान दिदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं । महाधिवेशनलाई एकता र बैचारिक संश्लेषण एवं विकासको महाधिवेशन बनाऔं ।






























प्रतिक्रिया