जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट घुससहित पक्राउ परेका छन् ।
राजधानीकाे नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट लेखापाल विष्टलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।





























प्रतिक्रिया