मिटरब्याजी पीडित धर्ना बसेको एक महिना पुग्यो

मिटरब्याजी पीडित धर्ना बसेको एक महिना पुग्यो

केन्द्रबिन्दु
0
Shares

मिटरब्याजी पीडित एक महिनादेखी धर्नामा बसेका छन्। गत चैत २९ देखी काठमाडौँ रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याजी पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन्।

पटक पटक बार्ता भएपनि मिटरब्याजी पीडितले धर्नालाई भने जारी राखेका छन्।  सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भएपनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याजी पीडितले धर्ना जारी राखेका हुन्।

जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन्। सरकारले हालै अध्यादेशमार्फत मिटरब्याजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिईसकेको छ।  

मिटरब्याजी पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखेपछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए।

Skip This
Skip This
Logo