कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Logo