विवाह गरेको एक वर्षपछि किन गरिन् इन्दिराले बिहे पार्टी ? को-को पुगे ? [भिडियाेसहित]

विवाह गरेको एक वर्षपछि किन गरिन् इन्दिराले बिहे पार्टी ? को-को पुगे ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

गत वर्ष विवाह वन्धनमा बाँधिएका गायिका इन्दिरा जोशी र शरद केडियाले शनिबार विवाह भोज दिएका छन् । शरदकी हजुरआमाको मृत्यू भएपछि उनीहरुले आफन्त तथा साथीभाईबाट शुभेच्छा पाउन पाएका थिएनन् ।

सभ्य विवाह पार्टीमा नजिकका आफन्त, फिल्म, गीतसंगीत र पत्रकारिता क्षेत्रका सीमित व्यक्तिको मात्रै उपस्थिति थियो । 

पार्टीमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन साह, उपप्रमुख सुनिता ढंगोल,  नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के.सी, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, वरिष्ठ संगीतकर्मी न्ह्यु बज्राचार्य, संगीतकर्मीहरु शिलाबहादुर मोक्तान र कुन्ती मोक्तान, रामकृष्ण ढकाल, डा. भोला रिजाल, कालिप्रसाद रिजाल, कलाकारहरु निर्मल शर्मा, जितु नेपाल, केकी अधिकारी, रिमा विश्वकर्मा, अर्जान पाण्डे, प्रभात रिमाल, धर्मेन्द्र सेवान, अभया सुब्बालगायत सहभागी थिए । 

तीन वर्षको प्रेम सम्बन्धलाई लगनगाँठोमा कस्दै गत वर्षको जेठ ३१ गते शरदले इन्दिराको सिउँदो भरेका थिए । इन्दिराले विवाह हुन पक्का भएपछि आफ्नो सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘भगवानको साथ र आफन्तको आशीर्वादसहित हामी विवाह बन्धनमा बाँधिने निधो गरेका छौँ । हामीलाई प्रेम र आशीर्वाद दिनुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दछौँ।’ 

को हुन् गायिका इन्दिरा जोशी ? 
२०४३ सालमा नवलपरासीमा जन्मिएकी इन्दिरा नेपाली गायिका र मोडल हुन् । उनले रातो घाँघरा गीतबाट चर्चा पाएकी हुन् । नेपाली चलचित्र लूटमा गाएको आइटम गीत उध्रेको चोलीले इन्दिरालाई नेपाली सांगीतमा स्थापित गराइदियो ।

चलचित्र बाहिरका आफ्ना गीतमा आफैँ मोडल बस्ने उनी राम्रो नृत्य र अभिनयका कारण पनि चर्चामा छन् ।  

इन्दिराको बाल्यकाल संगीतको आवेगले भरिएको थियो । बाल्यकालमा उनी स्थानीय गायन र नृत्य प्रतियोगितामा भाग लिने गर्थिन्। एसएलसीसम्मको अध्ययन गाउँकै स्कुलबाट सकाएकी इन्दिराले उच्च शिक्षा भने काठमाडौँका पिपुल्स क्याम्पस र शंकरदेव क्याम्पसबाट लिइन् । स्तानकोत्तरको अध्ययन भने इन्दिराले गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेजमा गरेकी हुन् । उनी सात बहिनीमध्ये अन्तरी हुन् । 

वरिष्ठ संगीतकर्मी न्हुयु बर्जाचार्यको डोरेमी एकेडेमीबाट संगीत सिकेकी इन्दिराले नेपाली तारा कार्यक्रममा पाँचौ भएपछि पछाडि फर्केर हेर्न परेको छैन । रियालिटी शोबाट संगीतको क्षेत्रमा दरिलो पाइला राखेकी उनी मात्र ३१ वर्षको उमेरमा आफैँ रियालिटी शोको निर्णायक बन्न पुगिन् ।

सन् २०१७ मा प्रशारण भएको नेपाल आइडलको निर्णायकको भूमिकामा उनको प्रशंसा अहिलेसम्म पनि प्रशंसनीय छ । 

इन्दिराले २ दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज दिएकी छन् । केहीमा आफैँ अभिनय गरेकी छन् । विशेष गरी इन्दिरा आइटम गीत बढी जम्ने गरेकी छन् । 

को हुन् शरद ? 
गायिका इन्दिरासँग विवाह गरेका शरद पेसाले फेसन डिजाइनर हुन् । काठमाडौँको नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन् ।

फेसन डिजाइनिङकै क्रममा करिब ५ वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो । व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र सांगितिक क्षेत्रकी इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गयो र विवाहमा परिणत भयो । 

शरद फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन् ।  

Logo