काठमाडौं ।
आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले एक लाख पुरस्कार राशी प्राप्त गरेका हुन् ।
आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङ्क्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको आइएमईले जनाएको छ ।
०७७ साल असारको अन्त्यसम्म मात्र कायम “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख र हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने गरी सार्वजनिक गरिएको थियो ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो ।





























प्रतिक्रिया