नवलपुरको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा बयस्क भाले चितुवा मृत फेला परेको छ ।
खुरसहितका चारवटै खुट्टा र दाह्रासहितको बंगारा नभेटिएकाले तस्कर गिरोहको संलग्नता भएको हुनसक्ने वन कार्यालयको अनुमान छ । कार्यालयका सहायक वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार अखेटोपहारको गैरकानुनी र अवैध धन्दामा संलग्न तस्करको गिरोहले मारेको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको छ।
जंगलमा घाँस–दाउरा गर्न गएका महिलाको समूहले वनको धेरैभित्र अप्ठेरो खोँच (ढुंगे ओडारजस्तो ठाउँ)मा सुतिरहेको बाघ देखिएको भनी खबर गरेपश्चात् वन कर्मचारी–प्राविधिकसहितको टोली घटनास्थल पुगेको थियो ।































प्रतिक्रिया