प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रचण्ड र भट्टराईबीच भेटवार्ता भइरहेको हो।
भेटमा भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिँदै आएका छन् ।
उनले केही दिन अगाडि विज्ञप्ति जारी गर्दै आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यसका लागि राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध भएको बताएका थिए ।





























प्रतिक्रिया