प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले सरकारलाई उखु किसानहरुको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले नगदे बालीलाई सरकारले उधारो वाली बनाइदिएको बताए।
उनले भने ‘ उखु नगदे बाली हो। तर सरकारले त्यसलाई उधारो वाली बनाइदिएको छ। किसानलाई न मल न बिउ दिएको छ। उल्टै किसानले मेहेनत गरेर उखु उत्पादन गर्छ त्यसलाई उधारोमा सरकारले लट्काई दिन्छ। यसमा सरकारको ध्यान जाओस्। ’





























प्रतिक्रिया