सांसद वाग्लेको प्रश्न- शरणार्थी प्रकरणमा चलिरहेको चुरिफुरि कति समय लम्बिन्छ ?

सांसद वाग्लेको प्रश्न- शरणार्थी प्रकरणमा चलिरहेको चुरिफुरि कति समय लम्बिन्छ ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा चलिरहेको चुरिफूरि कति समय लम्बिने हो भन्दै आशंका व्यक्त गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद वाग्लेले शरणार्थी प्रकरणको छानविन सूचीमा प्रहरी प्रमुखसमेत थपिएको भन्दै यो घटनाको छानबिन कति समय चल्ने थाहा नभएको टिप्पणी गरे । 

उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने सूचीमा प्रहरी प्रमुखसमेत थपिएको दुःखद आरोप छ । कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैन् । दण्डहिनताको यो निक्रिष्ट चुरिफूरि, यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ । ’

सांसद वाग्लेले तनहुँ १ मा हावाहुरिका कारण भएको जनधनको क्षतिप्रति राज्यबाट प्राप्त हुने क्षतिपूर्ति अपर्याप्त भएको भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।  

Logo