नेकपा एकीकृत समाजवादीका सांसद पूर्वमन्त्री मेटमणि चौधरीले नीति तथा कार्यक्रम माथिको छलफल औचित्यहीन भएको टिप्पणी गरेका छन् ।
शनिवार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका सांसद चौधरीले नीति तथा कार्यक्रम तय गरेर त्यसमाथि छलफल गर्नुको औचित्य नभएको जिकिर गरेका हुन् ।
पहिले छलफल गरेर नीति तथा कार्यक्रम तय हुनु पर्नेमा नीति तथा कार्यक्रम ल्याएर छलफल गर्नु बच्चा जन्मिएपछि बच्चा जन्माउनेबारे भएको छलफल जस्तो भएको टिप्पणी गरे । उनले भने, ‘मलाई के लाग्छ भने छोरा छोरी जन्मिसकेको छ, आज हामी छोरी जन्माउने विषयमा छलफल गरिरहेका छौं ।’
सांसद चौधरीले छलफलमा सांसदहरुलाई समय निर्धारणमा गरिएको विभेदप्रति समेत असन्तुष्टि पोखे ।





























प्रतिक्रिया