सरकारले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट २ अर्ब ५८ करोड रुपैयाँले वृद्धि गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रूपैयाँ बजेट विनियोजन गरेको जाकनारी गराएका हुन् । पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै बजेटको आकार बढाएको उनको भनाइ छ ।
चालु आर्थिक वर्ष संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले यहीँ बजेटमार्फत् सन् २०३२ सम्म पर्यटन दशक मनाउने घोषणा समेत गरेको छ ।





























प्रतिक्रिया