नयाँ शहर निर्माणका लागि २ अर्ब १९ करोड विनियोजन

नयाँ शहर निर्माणका लागि २ अर्ब १९ करोड विनियोजन

केन्द्रबिन्दु
0
Shares

सरकारले विभिन्न शहरी पूर्वाधार आयोजनाका लागि कूल ८ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन भएको गरेको छ । त्योमध्ये नयाँ शहर निर्माणका लागि मात्र २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । 

पोखरा लुम्बिनी र जनकपुर लगायतका पर्यटकीय क्षेत्रमा रहेका नगरपालिकाहरुका लागि पूर्वाधार विकास गर्न एक अर्ब १३ करोड रुपैयाँ बजेट छुट्टयाइएको छ । त्यसैगरी, जनता आवास कार्यक्रमका लागि घर बनाउन एक अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

फुस र परालका छानामा जस्ता लगाउन ७९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Logo