अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो। शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। 

कम्पनीले जेठ १ गतेदेखि जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो। 

जसअनुसार यस कम्पनीले १ सयअंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आईपीओमा लमजुङ्ग जिल्ला मर्स्याङ्गदी गा.पा. (साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

Skip This
Skip This
Logo