वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न सकेनः अध्यक्ष ओली

वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न सकेनः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको टिप्पणी गरेका छन् । 

शनिवार पार्टी कार्यालय च्यासलमा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित विषयगत विज्ञहरूसँग वर्तमान सम्भावना र चुनौतीका विषयमा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि अहिलेको सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्नेसम्म आँट गर्न नसकेको दावी गरेका हुन् । 

उनले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल,सुखी नेपाली भन्ने शब्द कुनै सरकार कुनै प्रधानमन्त्री कुनै नेता हाम्रो विपक्षहरु कसैले समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन समृद्ध नेपाल भन्ने जसको आँट छैन ।’

अध्यक्ष ओलीले विज्ञानलाई प्रविधिमा रुपान्तरण गर्न सके गति र सामर्थ्यको वृद्धि हुने बताए । 

Logo