लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पाँचौं बैठक आज बस्दैछ। बैठक आज बिहान ११:३० बजेदेखि सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ। शुक्रबार आउने नीति तथा कार्यक्रमका आधारमा लुम्बिनी प्रदेश सरकारले असार १ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनेछ।

उत्पादनमा जोड र रोजगारी सिर्जना अहिलेको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता रहेको लुम्बिनी सरकारले जनाएको छ।

Logo