सर्वोच्चले अग्राधिकार दिएपछि न्यायको दियो बलेको महसुस भएकाे छः लेलिन विष्ट

सर्वोच्चले अग्राधिकार दिएपछि न्यायको दियो बलेको महसुस भएकाे छः लेलिन विष्ट

केन्द्रबिन्दु
0
Shares

अयोग्य लडाकु लेलिन विष्टले सर्वोच्च अदालतले अग्राधिकार दिएर मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि आफूलाई न्यायको दियो बलेको महसुस भएको बताएका छन् । 

द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका दौरान बालसेना प्रयोग र युद्ध अपराधको गरेको जिकिर गर्दै दायर मुद्दामा सर्वोच्चले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो । 

मुद्दालाई अग्राधिकार दिनसमेत आदेश भएपछि रिट निवदेक विष्टले सर्वोच्च परिसर बाहिर मंगलबार अपरान्ह पत्रकार सम्मेलन गर्दै अदालतबाट न्याय दिने हिसाबमा नै फैसला हुने आशा व्यक्त गरे । 

उनले भने, ‘न्यायको दियो बलेको जस्तो लागेको छ किनभने अग्राधिकार दिनु भनेको यो मुद्दालाई विशेष रुपमा टुङ्गो लगाउनु पर्छ भन्ने हो, आज अदालतले नेपालमै हल गर्नुपर्छ भनेर निर्णय गरेको छ, यसलाई सकारात्मक रुपमा हामीले लिएका छौँ । हाम्रो मागमा बाल सेना प्रयोग र युद्ध अपराधको विषयलाई प्राथमिकतामा राखिएको छ, अर्को कुरा हाम्रो दीर्घकालीन व्यवस्थापन र भविष्यमा युद्धमा बालबालिका प्रयोग नहुने र राजनीतिक हिंसामा बालबालिकाको प्रयोग गर्न कसरी रोक्ने भनेर माग गरेका छौँ ।’ 

रिट निवेदक विष्टले मुद्दाको विषयमा जनचासो बढेको र अन्तराष्ट्रिय समुदायबाट समेत चासो देखाइएको बताए । 

Logo