ठूला कम्पनीसँग बोल्न नसक्ने सरकारले लक्षित राजश्व पनि उठाउन सक्दैनः सांसद सुवाल

ठूला कम्पनीसँग बोल्न नसक्ने सरकारले लक्षित राजश्व पनि उठाउन सक्दैनः सांसद सुवाल

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूला कम्पनीहरुसँग उठाउनु पर्ने राजश्वको बारेमा केही पनि नबोल्ने सरकारले लक्ष्य अनुरुप राजश्व उठाउन नसक्ने बताएका छन् । 

मंगलबार संसदमा बजेटको मन्त्रालयगत विनियोजनमाथि आफ्नो धारणा राख्दै सांसद सुवालले ठूला कम्पनीहरुले तिर्नुपर्ने राजश्वको बारेमा अर्थमन्त्री नबोल्नु प्रश्न गर्ने विषय बनेको बताएका हुन् । 

उनले भने, ‘चालु आर्थिक वर्षमा लक्षित भन्दा ३ खर्व राजस्व नउठ्ने भनाइ बाहिरिएको छ । म एउटा नमुना घटना राख्न चाहन्छु । टेलिसोनेराले २०१५ मै प्रधानमन्त्रीलाई एनसेल विक्रिबारे पत्राचार गरेको र यसमा तीन प्रधानमन्त्री र तीन अर्थमन्त्री पर्नु भएको । महालेखालाई यो विषय नउठाउनु भन्दै दवाव दिएको ।राजस्व  प्रशासन हाक्नेहरु नबोलेको ,त्रूटिपूर्ण काम गरको र मुक्ति श्रीको ४ अर्व बढी, सिनर्जीको तीन अर्व बढी लगायत ५०० राजस्व फाईल छिनोफानो नगरेको यो बारे अर्थमन्त्री ज्युले किन बोल्नु भएन ? राजस्व कसरी उठ्छ ३ अर्व उठेको छैन त ? ५०० फाईल त उठाउनु पर्ने छ ।’ 

सांसद सुवालले चालु खर्च तत्काललाई ३० प्रतिशतमा सीमित गर्ने र ५ वर्ष भित्र यसलाई २० प्रतिशतमा सीमित गर्नुपर्ने बताए । उनले बैदेशिक रोजगारीको नाममा युवालाई सस्तो ज्यामी बन्न पठाउनु उचित नभएका भन्दै नेपालमै आन्तरिक उत्पादन बढाउने र निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए । 

Logo