अर्थमन्त्रीलाई गोकुल बास्कोटाको प्रश्नः ‘यो आँखै खाने चश्मा कस्ले किन्दियो ?’

अर्थमन्त्रीलाई गोकुल बास्कोटाको प्रश्नः ‘यो आँखै खाने चश्मा कस्ले किन्दियो ?’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पनौतीका नभएको वडामा बजेट खन्याएर अर्थमन्त्रीले के गर्न खोजेको हो भन्ने आफुले बुझ्न नसकेको बताएका छन् । 

मंगलबार शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा सांसद बास्कोटाले काभ्रेमा नभएका गाउँपालिकालाई पनि बजेट छुट्याएर उदेक लाग्ने काम गरेको बताएका हुन् । 

उनले भने, ‘कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर कसैले दियो अर्थमन्त्रालयले दिएअनुसार ठाउँन ठहर त्यहाँ राखिदियो । बुझ न सुझ राख्दियो । ‘म तपाईलाई सोध्छु, यहि पनि छ । पनौती नगरपालिकामा १२ वटा वडा छन् । जुन जिल्लाबाट म प्रतिनिधित्व गर्छु ।  १३ नम्बर वडा कहाँ पर्छ ? मलाई थाहा छैन अर्थ मन्त्री ज्यू शहरी विकास मन्त्री ज्यू ।  १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ? ‘कसले दियो त्यो चिर्कटो ? मैले भन्नै पर्ने भो । प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

सांसद बास्कोटाले नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै असन्तुष्टि जनाए । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न पनि गरे ।

उनले भने ‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् । सभामुख महोदय ।’

Logo