राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज स्वदेश फर्कने

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज स्वदेश फर्कने

केन्द्रबिन्दु
0
Shares

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्कने भएका छन्।९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका उनी १० दिने भ्रमण पूरा गरी आज स्वदेश फर्कन लागेका हुन्।

तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९:२५ बजे पोखरा विमानस्थलमा आईपुग्ने कार्यक्रम छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रूपमा आउन लागेका उनलाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गर्नेछन्।
चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले पहिलो उडान गर्न लागेको छ।

अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिचमा भएको भेटवार्ताका क्रममा सिधा उडानको विषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो।

चीन भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले काठमाडौँसहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका विभिन्न सहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए।

Logo