अदालतकाे आदेशमा बालेनकाे आक्राेशः जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन

अदालतकाे आदेशमा बालेनकाे आक्राेशः जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गरेका छन् । 

उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै मेयर शाहको यस्तो टिप्पणी आएको हो ।  

सामााजिक सञ्जालमार्फत उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानून र अदालतलाई नमान्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ  । यसको लागि  जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’ 

हिन्दी फिल्म ‘आदिपुरूष’मा जानकी भारतकी छोरी हुन्ु भन्ने संवाद प्रयोग गरिएको भन्दै मेयर बालेनले सोमबारदेखि काठमाडौं महानगरका हलमा सबै हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका थिए । तर, नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Logo