प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाका प्रमुख सचेकत जीवन परियारले लोकतन्त्रमाथि प्रहार गर्नेगरी जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय फिर्ता नभएसम्म सदन चल्न नसक्ने बताएका हुन्। यसअघि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनले निर्णय फिर्ता लिन रुलिङको माग पनि गरे।
साथै एमालेका सांसद सूर्य थापाले पनि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरे। दुवै दलका सांसदहरु अहिले उठेर विरोध जनाइरहे । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि सदन स्थगित भएको घोषणा गरे ।





























प्रतिक्रिया