अर्थमन्त्रीकाे प्रष्टीकरणः स्वतन्त्र निर्वाचनमा कुनै हस्तक्षेप हुँदैन

अर्थमन्त्रीकाे प्रष्टीकरणः स्वतन्त्र निर्वाचनमा कुनै हस्तक्षेप हुँदैन

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्ट पारेका छन् । 

मंगलबार जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी प्रस्तावको विरोधमा एमाले र रास्वपाले बैठक अवरोध गरेपछि प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले सरकार निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा दृढ रहेको बताए।

‘निर्वाचन आयोगको जिल्ला जिल्लामा जुन कार्यलयहरु छन् त्यसको स्वतन्त्र अस्तित्व नै नरहने भयो भन्ने लागेछ । हामी लोकतन्त्रको लागि जेल नेल प्रवासन भोगेका हौँ । आवधीक निर्वाचन पद्धती लोकतन्त्रको अभिन्न अंग हो । त्योे विना लोकतन्त्र नाम मात्रको रहन्छ। र यो निर्वाचन निष्पक्ष स्वतन्त्र हुनुपर्छ । सरकारको कुनै पनि हस्तक्ष्नेप र बाधा सरकारले गर्नु हुँदैन ।’ उनले भने ‘सरकारले निर्वाचन स्वतन्त्र निष्पक्ष भयरहित आम मतदाताले स्वतन्त्र भयर त्यो अधिकार प्रयोग गर्नु पर्छ भन्ने मान्यता हो । यो सबैको मान्यता हो । सबै भन्दा बढि निर्वाचन आयोगको स्वतन्त्र अस्थित्वको पक्षपाती हामी छौं । यसमा कही कतै पनि शंका उब्जीन नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ ।’

Logo