बाढी पहिरोका कारण ताप्लेजुङको जनजीवन कष्टकर भएकाे छः सांसद भट्टराई

बाढी पहिरोका कारण ताप्लेजुङको जनजीवन कष्टकर भएकाे छः सांसद भट्टराई

केन्द्रबिन्दु
0
Shares

एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङमा बाढीबाट भएको क्षति र प्रभावितको पुर्नस्थापनाका लागि सदनमार्फत सरकारको ध्याकर्षण गराएका छन्। 

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले ताप्लेजुङ बाढी र पहिरोका कारण अन्य जिल्ला र प्रदेश तथा संघीय राजधानीसंग सम्बन्ध विच्छेदको अवस्थामा रहेको भन्दै तत्काल आवश्यक पहलका ध्यानाकर्षण गराएका हुन्। 

‘विशेष गरी, ताप्लेजुङ जिल्लालाई जोड्ने तीनवटा राजमार्गहरु सबै चलेका छैनन्, अवरुद्ध छन्, मेचि राजमार्ग चलेको छैन। हिंवा खोलमा गएको पुल माननीय मन्त्रीजीले दश दिनमा बेलिब्रिज बनिसक्छ भन्नुभएको थियो। तर आज मैले रिर्पोट लिँदा १०-१५ दिन अझै लाग्छ। डाइभर्सन खडा गरिएको थियो। हिजो राति डाइर्भसन पनि बगायो। त्यसकारण ताप्लेजुङको सम्बन्ध पूर्ण रुपमा विच्छेद भएको छ।’उनले भने।

विभिन्न ठाउँमा सवारी साधन नपुग्दा खाद्य संकट समेत भएको भन्दै तत्काल त्यसका लागि हवाई मार्गबाट भएपनि राहत  पुर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए। 

Logo